अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघ उदयपुरले वक्तृत्वकला कार्यक्रम गरेर तिज मनाउने

अनेमसंघ उदयपुरले वक्तृत्वकला कार्यक्रम गरेर तिज मनाउने


उदयपुर-नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ उदयपुरले तिज पर्वको अवसरमा ‘खुल्ला वक्तृत्वकला’ प्रतियोगिता गर्ने भएको छ।

२०८१ सालको हरितालिका तिजको अवसरमा हरितालिका र तिज पर्वको सांस्कृतिक महत्त्व र मर्यादित संस्कृति सभ्य समाज विषय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको हो।

अखिल नेपाल महिला सङ्घले २०८१ भदौ १८ गते नेकपा एमाले पार्टी कार्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने तय भएको अनेम संघका अध्यक्ष महेश्वरी राईले जानकारी दिनुभयो।

अनेमसंघकी अध्यक्ष राईका अनुसार वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन चाहनेहरूले यही भदौ १७ गते भित्र अनेमसंघको कार्यालयमा वा अध्यक्ष तथा सचिवलाई नाम टिपाउन सक्नेछ छन्।

विगत वर्षहरूमा दर खाने, नाच्ने र रमाइलो गरेर मनाउने गरिए पनि यस पटक भने रचनात्मक कार्य गरेर तिज विशेष कार्यक्रम गर्न लागिएको अध्यक्ष राईले जानकारी दिनु भयो।

वक्तृत्वकला प्रतियोगितामा भाग लिन चाहनेहरूले अध्यक्ष महेवरी राईको ९८४२८२८३८१७८ सचिव किशोरी कुमारी हुजदारको ९८६७५३०६०० नम्बरमा सम्पर्क गरेर नाम टिपाउन सकिने जनाइएको छ।

पहिला उदय नाम गरेको राजाले यस जिल्लामा शासन गरेको हुँदा यस जिल्लाको नाम उदयपुर रहन गएको भन्ने किम्बदन्ती पनि सुनिन्छ। वि.स. २०२८ सालभन्दा अगाडि यस जिल्लाको सदरमुकाम हालको पञ्चावती गाविसमा पर्ने उदयपुरगढी भन्ने ठाउँमा थियो। वि.सं. २०२८, जेठ ९ गनेदेखि महेन्द्र राजमार्गको कदमाहादेखि २७ कि।मि उत्तर गाईघाट भन्ने स्थानमा सदरमुकाम रहेको छ।