अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एसिया बैंकले ल्यायो लिलाम बिक्री पोर्टल, एकै ठाउँबाट विस्तृत जानकारी पाइने

एनआईसी एसिया बैंकले ल्यायो लिलाम बिक्री पोर्टल, एकै ठाउँबाट विस्तृत जानकारी पाइने


काठमाडौं-एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूबारे जानकारी प्राप्त हुने बैंकले जनाएको छ। यसमा ग्राहकहरूको सहजताका लागि लिलाम बिक्रीसम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ।

यसरी ग्राहकहरूले लिलाम विक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा अब नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम विक्रीमा रहेको सम्पत्ति लिलाम विक्री सम्बन्धी सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकहरूले अनलाईन पोर्टलको लिंकबाटै विस्तृत विवरणहरू लिन सक्ने भई लाभदायी हुने बैंकको विश्वास छ।