अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो


काठमाडौं-पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले  शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको विज्ञप्तिमार्फत जानकारी गराएको हो। 

निगमले शनिबार साँझ सार्वजनिक गरेको विज्ञप्ति अनुसार, काठमाडौँमा अब पेट्रोलको मूल्य १६३ रुपैयाँ प्रतिलिटर पर्नेछ। पोखरा र दिपायल क्षेत्रमा पनि यही मूल्य कायम हुनेछ।

त्यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको निगमले बताएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।