अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको तीज कार्यक्रम सम्पन्न (फोटोफिचर)

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको तीज कार्यक्रम सम्पन्न (फोटोफिचर)


काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले नेपाली महिलाहरुको महान चाड हरितालिका तीज तथा जितिया पर्व कार्यक्रम सम्पन्न गरेको छ।

भदौ १५ गते शनिवार काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा तीज तथा जितिया पर्व कार्यक्रम सम्पन्न गरेको हो।

उदयपुरदेखि काठमाडौंमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरी विभिन्न पेशा व्यावसाय गरी बसोबास गर्नुहुने महिला दिदीबहिनी तथा दाजुभाइहरुसहित पाँचसय भन्दा बढी उपस्थिति रहेको थियो।

मौलिक कला र संस्कृति जगेर्नाको लागि तीज कार्यक्रम गरिएको सम्पर्क मञ्चका अध्यक्ष रीता कुमारी थापाले जानकारी दिनुभयो। तीज गीतसँगै दर खुवाउने र नाचगान कार्यक्रम समेत गरिएको थियो।

तीज तथा जितिया कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्यूरो सदस्य, एमाले उदयपुर जिल्ला इन्चार्ज  तथा पूर्व शहरी विकास राज्यमन्त्री मन्जु कुमारी चौधरी हुनुहुन्थ्यो। त्यसैगरी एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य इश्वरमणि राउत, एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं उदयपुर क्षेत्र–२ का प्रतिनिधि सभा सदस्य अम्मर बहादुर रायमाझी,  एमाले कोशी प्रदेश कमिटी सदस्य देवराज राई अतिथि रहनुभएको थियो।

त्यस्तै नेकपा एमाले उदयपुर जिल्ला कमिटीका सदस्यहरु नोख श्रेष्ठ र हरि आले अतिथि रहनुभएको थियो। यसैगरी सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य एवं एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज गिता बराल, एमाले कोशी प्रदेश सम्पर्क कमिटीका पूर्व उपसचिव सिताराम घिमिरे, एमाले कोशी प्रदेश सम्पर्क कमिटीका सदस्य भिम दर्नाल, एमाले कोशी प्रदेश सम्पर्क कमिटीका सदस्य एवं एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज सरोज थापा, एमाले कोशी प्रदेश सम्पर्क कमिटीका सदस्य पेशल लुँइटेल अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य मन्जु कुमारी चौधरीले मञ्चले भव्य र सभ्य तरिकाले कार्यक्रम आयोजना गरेकोमा बधाई दिँदै तिज तथा जितिया पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आफ्नो संस्कृतिलाई जगेर्ना गर्दै देशलाई विकासको मार्गमा लैजानुपर्ने पनि बताउनु भयो।

कार्यक्रमका केही तस्वीरहरू