अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल मगर संघ ओखलढुंगा-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः कुशल आले मगर  

नेपाल मगर संघ ओखलढुंगा-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः कुशल आले मगर  


काठमाडौं-ओखलढुंगाको विभिन्न स्थानमा स्थायी घरभई हाल काठमाडौंमा अस्थायी र स्थायी रुपमा कर्मथलो बनाई बसेका तथा उच्च शिक्षा हासिल गर्ने सिलसिलामा बसोबास गर्दै आएका ओखलढुंगे मगरहरूको छाता संगठन नेपाल मगर संघ ओखलढुंगा-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः कुशल आले मगर सर्वसम्मत चयन हुनुभएको छ।

काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समाजको सभा हलमा १५ गते शनिबार सम्पन्न ओखलढुंगा काठमाडौं सम्पर्क समितिको छेटौं अधिवेशबाट आले मगरको नेतृत्वमा २९ सदस्यीय चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा धन कुमारी मगर, सचिवमा सन्तोष थापा मगर, सहसचिवमा सन्ताेष मगर, काेषाध्यक्षमा पवित्रा मगर र सहकाेषाध्यक्षमा विमला मगर चयन हुनुभएको छ।

कुशल आले मगरको सभाध्यक्ष रहेको उक्त अधिवेशनको प्रमुख अतिथि नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष झबिन्द्र पुनमगर हुनुहुन्थ्यो। त्यसैगरी विषेश अतिथिमा नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष विजय थापा मगर, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख झलक थापा मगर, महासचिव राजकुमार राना मगर, संगठन सचिव तथा नेपाल मगर संघ ओखलढुंगा-काठमाडौं सम्पर्क समितिका पूर्व अध्यक्ष रोशन पुलामी मगर, नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य नानीबाबु बुढाथोकी, चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा, नेपाली कांग्रेसका नेता राजकुमार ढुंगाना रहनुभएको थियो।

सम्पन्न अधिवेशनलाई सम्बोधन तथा शुभकामना दिने क्रममा प्रमुख अतिथि सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष पुनमगरले मगर जातिको बारेमा मगर जाति के हो ? कस्तो समुदाय हो र मगर जातिमा हुनुपर्ने विशेषता छ कि छैन भन्ने जस्ता विषयमा केही व्याख्या गर्नुभएको थियो। त्यसैगरी हामी मगर भएपछि मगर संगठनमा जानुपर्ने र मगर भएर आफ्नो भाषाको भरपुर प्रयोग गरी मगरको पहिचान दिन पनि अध्यक्ष पुन मगरले जोड दिनुभयो।

त्यसैगरी शुभकामना मन्तव्य दिने क्रममा विषेश अतिथि नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख झलक थापा मगरले मगर जातिका समुदाय अझै अन्य जातिका समुदाय जस्तो पृथक भई नसकेकोले अब मगर पहिचान, भाषा, संस्कृति, संस्कारहरुको बारेमा पाठ्यक्रममै राखिनु बताउनु भयो। उहाँले भन्नभयो, मगरकाे भाषा, संस्कृति, संस्कार के हो ? सो बारेमा हामी मगरले सिक्नु, बुझ्न र जान्न जरुरी छ।’