अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यान्सर अस्पतालबाट हाम फालेकी महिलाको मृत्यु

क्यान्सर अस्पतालबाट हाम फालेकी महिलाको मृत्यु


काठमाडौं-ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी ६४ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ।

अस्पतालको तेस्रो तलाबाट हामफालेर काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङको मृत्यु भएको हो । उहाँ क्यान्सर अस्पतालमा थाइराइडको उपचार गराइ रहुनुभएको थियो। शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलबाट भुइँमा हाम फाल्दा गम्भीर घाइते हुनुभएको थियो।

त्यसपछि सोही अस्पतालको आईसीयूमा उपचार गराउने क्रममा आइतबार बिहान तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।