अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुलिखेलमा एमालेका युवालाई दुई दिने प्रशिक्षण सम्पन्न

धुलिखेलमा एमालेका युवालाई दुई दिने प्रशिक्षण सम्पन्न


काठमाडौं-नेसनल डिभलपमेन्ट इन्स्टिच्युट (एनडीआई)को आयोजनामा दुई दिने नेकपा एमालेका युवाहरूको लागि दुई दिने प्रतिरक्षण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका ४० जना युवालाई धुलिखेलमा आवासीय तालिम प्रदान गरिएको हो। प्रशिक्षणको उद्घाटन नेकपा एमाले उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रम उद्घाटन सत्रमा ज्ञवालीले कुशल नेतृत्व विकास र प्रभावकारी रणनीति सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो।

त्यसै गरी विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्टले प्रभावकारी विद्युतीय सुशासन, प्राविधिक माध्यम, डाटा संरक्षण र आर्टीफिसियल इन्टिलिजेन्सी शासन र विद्युतीय स्थानीय सुशासनका चुनौती तथा अवसर सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

नेपालको प्रशासनिक क्षेत्रमा कसरी डाटा छिटो र सुरक्षित विकास गरी जनतालाई जनतालाई कागज बोकेर हिँड्ने झञ्झटबाट मुक्त गराउन सकिन्छ भन्ने विषय अहिलेको प्रमुख विषय भएको विष्टले बताउनुभयो। यस कार्यमा प्रधानमन्त्री शर्मा ओली लाग्नु भएको बताउँदै उहाँले नेपाल छिट्टै डिजिटल युवामा प्रवेश गर्ने दाबी गर्नुभयो।

कार्यक्रममा युवा र अर्थतन्त्रका विषयमा विज्ञ गिरिधारी पौडेलले प्रशिक्षण दिनुभएको थियो। सरकारको नीति तथा कार्यक्रम, बजेट र आर्थिक योजना, बजेटका प्रमुख सूचक, अर्थतन्त्रमा युवाका लागि चुनौती र अवसर लगायतका विषयमा उहाँले जानकारी दिनुभएको थियो । आर्थिक विकासमा युवा उद्यमशीलताको महत्त्व, पार्टीको आर्थिक नीति अभिवृद्धिका युवाको दृष्टिकोण लगायतका विषयमा उहाँले प्रष्ट पार्नुभयो।

पार्टी र नागरिक समाजका साझा मुद्दामा वकालतका लागि नागरिक समाजसँगको सहकार्यका सिप, युवाका एजेण्डा, गठबन्धन निर्माणका आधार र महत्त्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, पार्टी सञ्चालन र चुनौती लगायतका विषयमा भावना भट्टले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा दीपक उपाध्यायले डाटा संकलन, प्रयोग र नमुना सर्वेक्षण लगायतका विषयमा जानकारी दिनुभएको थियो।
तीन तहको सरकारमा युवा कार्य सम्पादन अभिवृद्धि, सुशासन र सेवा वितरण सम्बन्धमा एमाले केन्द्रीय सदस्य दिलकुमारी रावलले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा एनडीआईका कार्यक्रम प्रमुख नेहा श्रेष्ठ, प्रतिनिधि विदुषी ढुङ्गेल लगायतले सार्वजनिक प्लेटफर्ममा बहस गर्ने कला, अन्तर्राष्ट्रिय बहसको तथा प्रतिवादको प्रभावकारी अभ्यास लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।