काठमाडौँ-काठमाडौँको प्रमुख स्थान सुन्धारा-रत्नपार्क-भद्रकाली-पुतलीसडक लगायतका क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ।
सहकारी पीडित र निर्मला कुर्मीको न्यायको लागि आन्दोलन गरिरहेको समूहले मार्च पास र वर्षाका कारणले अस्तव्यस्त बनेको हो।
आन्दोलनका कारण सुन्धारा, रत्नपार्क, भद्रकाली, पुतलीसडक, माइतीघर लगायतका मुख्य स्थानका सडकमा सवारी साधनको लामो लाइन लागेको छ।
सिंहदरबार घेराउको आह्वान गर्दै आज सहकारी पीडितहरु रत्नपार्क क्षेत्रमा सयौँको सङ्ख्यामा भेला भएका छन्। जसका कारण उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ।
प्रतिक्रिया