मोरङ-कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०/८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०/८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।
सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले आयोगले निष्पक्ष रुपमा कर्मचारी छनौट र सिफारिस गरेको बताउनुभयो । उहाँले मुलुकको सार्वजनिक प्रशासन सञ्चालनमा आयोगको ठूलो सहयोग पुगेको धारणा राख्नुभयो। प्रदेश प्रमुख खापुङ्गले आयोगको सशक्त क्रियाकलापको परिणाम स्वरुप प्रदेशका प्रशासनमा सवल र निष्पक्षतामा देखिएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गर्दा प्रदेशको मोरङ जिल्ला बाहेक अन्य जिल्लाबाट कम परेको देखिएकोमा यो छलफलको विषय बन्न आवश्यक छ।’
आयोगका प्रदेश अध्यक्ष गुरागाईले आव २०८०/८१ मा प्रदेश निजामती सेवाका विभिन्न सेवातर्फ माग भई आएका पद सङ्ख्याहरु कुल ४६४ पद रहेको जानकारी दिनुभयो । यसमध्ये खुला तथा समावेशीतर्फ ३३२, अन्तर स्थानीय तहतर्फ १४, आन्तरिक अन्तर सेवातर्फ चार गरी जम्मा ३५० का लागि विज्ञापन प्रकाशन गरिएको थियो । साथै वढुवातर्फ ११४ पदका लागि सूचना प्रकाशन गरेको उहाँले जानकारी दिनुभयो।
प्रतिक्रिया