काठमाडौँ-भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय आइतबार सार्वजनिक भएका छन्।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमका लागि युरोपियन युनियन र युनिसेफबाट २५ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सञ्चार मन्त्री गुरुङले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेश्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो।
प्रतिक्रिया