अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश: एमालेका चार मन्त्रीद्वारा शपथ ग्रहण

गण्डकी प्रदेश: एमालेका चार मन्त्रीद्वारा शपथ ग्रहण


पोखरा-गण्डकी सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिनु भएको हो। उहाँहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो।

एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्‌मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो। जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री बन्नु भएको छ। यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएको छ।

जिसी नवलपुर २ (१) बाट निर्वाचित हुनु भएको हो । २०४८ सालदेखि राजनीतिमा लाग्नुभएकी जिसीको संसदीय भूमिका प्रभावकारी छ। 

पर्वत (२) बाट निर्वाचित मित्रलाल बस्याल एमालेका पूराना नेता हुन्। दोस्रो कार्यकालमा निर्वाचित सांसदहरुमध्ये उहाँ सबैभन्दा ज्येष्ठ हुन्।

बागलुङका कृष्ण पाठक अधिकारी निकटका हुन्। उहाँ समानूपातिक सीटबाट निर्वाचित हुनुभएको थियो। सुरुमा मसालको राजनीति गरेका पाठक २०४१ पछि माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका हुन्।