अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौतम बुद्ध, महात्मा गान्धी जस्ताको जन्म क्षेत्रमा हिंसा र विवाद संस्कृति र सभ्यता विपरीत: प्रधानमन्त्री ओली 

गौतम बुद्ध, महात्मा गान्धी जस्ताको जन्म क्षेत्रमा हिंसा र विवाद संस्कृति र सभ्यता विपरीत: प्रधानमन्त्री ओली 


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिनुभएको छ। 

नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी)का शिक्षार्थीको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाको शान्ति र समृद्धि यस क्षेत्रको साझा एजेण्डा भएको बताउनुभयो। उहाँले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताउनुभयो।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा पनि गर्नुभयो।

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबिचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गर्नुभयो। 

भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्री वास्तव, कलेजका प्रतिनिधि सन्दीप एस सन्दुकलगायत सहभागी हुनुहुन्थ्यो।