अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल निर्माण उद्योग परिषद्को अध्यक्षमा बलिभद्र राना चयन

नेपाल निर्माण उद्योग परिषद्को अध्यक्षमा बलिभद्र राना चयन


काठमाडौं-नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको घटक संस्था नेपाल निर्माण उद्योग परिषद्को तेस्रो अधिवेशन तथा पचौँ साधारण सभा सम्पन्न भएको छ।

अधिवेशनबाट अध्यक्षमा बलिभद्र राना सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। त्यस्तै खुल्ला उपाध्यक्षमा सुरेन्द्र पाठक निर्वाचित हुनुभएको छ। कोशी प्रदेशबाट उपाध्यक्षमा कमलप्रसाद गौतम, मधेसबाट रामसुरत देव, वाग्मतीबाट नारायणप्रसाद बडाल, उपत्यकाबाट कृष्णप्रसाद गौतम, गण्डकीबाट नारायण जीसी, लुम्बिनीबाट प्रकाश शाह, कर्णालीबाट लक्ष्मणप्रसाद पोखरेल र सुदूरपश्चिमबाट कृष्णबहादुर साउद निर्वाचित हुनुभएको छ। त्यस्तै महिला उपाध्यक्षमा मञ्जु भुसाल निर्वाचित हुनुभएको छ।

सङ्गठनको महासचिवमा रामशरण देउजा निर्वाचित हुँदा उपमहासचिवमा पुष्कल श्रेष्ठ र बलराम श्रेष्ठ निर्वाचित हुनुभएको छ। यसै गरी सचिवमा मनोज तामाङ र दिनेश पौडेल निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा उज्वल गौतम चुनिनु भएको छ।
नवनिर्वाचित कमिटी ८५ सदस्सीय छ। सिङ्गो कमिटी सर्वसम्मत निर्वाचित भएको नेकपा एमाले केन्द्रीय सदस्य एवं उद्योग तथा व्यवसायी महासंघ इञ्चार्ज रचना खड्काले जानकारी दिनुभयो।