अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल हुँदैन: प्रधानमन्त्री ओली

स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल हुँदैन: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताउनु भएको छ।

केन्द्रीय कार्यालय च्यासलमा आज भदौ १८ गते पोलिटब्यूरो बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने बताउनु भएको हो।

एमाले पोलिटब्यूरो बैठकमा उहाँले भन्नुभयो, ‘स्थानीय तहको उपचुनावमा हामी एक्लै लड्ने हो। त्यसैअनुसार अहिलेबाटै तयारी गर्नुपर्छ।’