काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आजदेखि सुरु भएकाे छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजदेखि बैठक सुरु भएकाे हाे। पहिलाे दिनकाे बैठक सकिएकाे छ।
बैठककाे पहिलाे दिन आज बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामकाे ब्रिफिङ गर्नुभएकाे एमाले प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे।
बैठकमा महासचिव शंकर पाेखरेलले वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएकाे उहाँले जानकारी दिनुभयाे। साे कार्ययाेजनााथि भाेलि ११ बजेदेखि बृहत् छलफल हुने गाैतमले जानकारी दिनुभयाे।
मूलतः सदस्यता विस्तार, संगठन सुदृढीकरण अभियानसँग जोडिएको यो पोलिट्ब्युरो बैठक मिसन २०८४ को ‘प्रारूप’ भएको एमालेले बताएको छ। त्यसका लागि पोलिट्ब्युरो बैठकमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’का लागि वार्षिक कार्ययोजना अघि सारिएको छ।
कार्ययोजनामा मूलत पार्टी सदस्यको नविकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको एमाले प्रचार तथा प्रशासन विभाग प्रमुख गौतमलेउहाँले बताउनुभयाे। ‘आज प्रस्तुत गरेको कार्ययोजनामा मूलत पार्टी सदस्यको नविकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको छ, त्यसपछि विधि संवत तरिकाले पार्टी कमिटिहरुको परिचालन र पार्टी संगठनमा देखिएका अन्तर विरोधहरुको व्यवस्थापन गर्ने कुरा आएको छ,’ गाैतमले भन्नुभयाे।
नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि कार्यायाेजनाा विशेष जोड दिएको उहाँले बताउनुभयाे। ‘नयाँ पुस्तामा पार्टीको प्रभाव र नेतृत्वमा विकासका योजना कार्यान्वय गर्नका लागि प्रदेश कमिटीमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा तथा स्थानीय पार्टी कमिटी ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी तरिकाले लागू गर्ने गरि प्रस्ताव गरिएको छ, प्रत्येक गाँउपालिकाले ५०, नगरपालिकाले एक सय, उपनगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा परिचालन गरेर पार्टीका काममा जोड्ने कुरालाई जोड दिइएको छ,’ गाैतमले भन्नुभयाे।
विधिसम्मत ढंगले पार्टी कमिटिकाे परिचालन र पार्टी संगठनमा देखिएकाे अन्तरविराेधकाे व्यवस्था गर्ने कुरा त्यसमा समेटिएकाे उहाँले बताउनुभयाे। उहाँले स्थायी रुपमा पार्टी सञ्चालन र अभियानका रुपमा पार्टी प्रशिक्षणहरु सञ्चालन गर्ने कुरा पनि विशेष जाेड दिइएकाे उहाँले बताउनुभयाे।
सरकार र जनप्रतिनिधिकाे परिचालनमा विशेष जाेड दिने कुरा पनि कार्ययाेजना रहेकाे गाैतमले बताउनुभयाे।








प्रतिक्रिया