अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश

मन्त्रिपरिषद् बिस्तार गर्न अझै केही दिन लाग्ने: मुख्यमन्त्री कार्की

मन्त्रिपरिषद् बिस्तार गर्न अझै केही दिन लाग्ने: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ।

आज बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उहाँले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो। उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘काँग्रेसको हिँडाइ बिस्तारै भयो, गति बढाउनुहोस्।’

मुख्यमन्त्री कार्कीले काँग्रेसकै आफ्नो कारणले सरकार बिस्तारमा ढिलाइ भएको बताउँदै अब चाडै मन्त्रिपरिषद् बिस्तार हुन्छ।

उहाँले सरकार बिस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जति चाँडो सरकार बिस्तार हुन्छ त्यति सरकारले गति लिने बताउनुभयो। अहिलेको सरकार शासकीय सुधार तर्फ लागेको र विकासका योजनाहरूलाई तीव्र गति दिइने बताउनुभयो। फरक प्रसङ्गमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासिलो ढङ्गले गरेर अगाडि बढ्छौँ। कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन।’

सरकार गतिशिल र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो त्यता तिर जाने नभइ काम गर्न लागि पर्ने उहाँले बताउनुभयो।