अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा केपी ओलीको फलोअर्स दोब्बर हुन्छ: रामकुमारी झाँक्री

एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा केपी ओलीको फलोअर्स दोब्बर हुन्छ: रामकुमारी झाँक्री


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा चलिरहेको ‘अनफलो’ अभियानबारे एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले टिप्पणी गर्नुभएको छ।

सो अभियान बारे नेतृ झाँक्रीले एमालेका संगठित सदस्यहरूले मात्रै फलो गर्दा पनि अध्यक्ष ओलीको फलोअर संख्या दोब्बर हुने बताउनु भएको हो।

उहाँले आफ्नो प्रमाणित तथा आधिकारिक फेसबूकमा भन्नुभएको छ, ‘एमाले पार्टीका सङ्गठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ।’

मंगलबार साँझदेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन्। 

मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स भएकोमा अहिले त्यो संख्या घटेर ५ लाख ९१ हजारमा झरेको छ।

उक्त विषयमा टिप्पणी गर्दै झाँक्रीले एक्समै अर्को टिप्पणी पनि लेख्नुभएको छ। ‘नेकपा (एकीकृत समाजवादी)का ताजा १ लाख ३२ हजार संगठित सदस्य छन्, खै त हामीलाई पनि सबैले फलो गरेका छैनन्,’ उहाँले भन्नुभएको छ।

रामकुमारी एमालेकी पूर्वनेता हुन्। पछिल्लोपटक माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा एकीकृत समाजवादीकै कित्तामा उभिएकी उहाँ अहिले पार्टीमा किनारकृत हुनुभएको छ। उहाँले पार्टी पदाधिकारीमा चुनावसमेत हार्नुभयो। उपाध्यक्षमा उम्मेदवारी दिनुभएकी उहाँ जयन्तीदेवी राईसँग पराजित हुनभएको थियो। तर, आफ्नो पराजयलाई ठूलो रूपमा नलिएको उहाँले बताउनु भएको छ। चुनाव हारेपछि उहाँको प्रतिक्रिया थियो- ‘मैले ठूलो रूपमा लिएको छैन, मलाई त रमाइलै पो लागिरहेको छ।’

चुनाव हारेपछि उहाँ पुन: एमाले फर्किनसक्ने आकलनहरू भइरहेका छन्।