अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार भ्रष्टाचार सहँदैन, वामपन्थी मोर्चाबन्दी हुँदैन: प्रधानमन्त्री ओली

सरकार भ्रष्टाचार सहँदैन, वामपन्थी मोर्चाबन्दी हुँदैन: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले कुनैपनि किसिमका भ्रष्टाचार नसहने बताउनु भएको छ।

नेकपा एमाले पोलिटब्युरो बैठकको बुधबार समापन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचारको न्यूनीकरण गर्न एमाले र एमाले नेतृत्वको सरकारले चाहेको र भ्रष्टाचारका विषयमा कुनै कम्परमाइज गर्ने पक्षमा नरहेकाे बताउनु भएको हो।

वामपन्थी पार्टीहरुबीच कुनै मोर्चाबन्दी नहुने एमाले प्रस्ट पारेको छ। 

‘सरकार र एमाले पार्टीले कुनैपनि भ्रष्टाचार सहँदैन। भ्रष्टाचार न्यूनीकरण गर्न सरकार कुनै कसर बाँकी राख्दैन’, ओलीको भनाइ उधृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘अहिले वामपन्थीका नाममा कुनै मोर्चा वा गठबन्धन पनि बन्दैन।’

महासचिव शंकर पोखरेलले बैठकमा पेस गरेको ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’,माथि पोलिटब्युरो सदस्यहरूले दिएको सुझाव समेटेर पार्टी कमिटीलाई कार्यान्वयनका लागि पठाउने एमालेले जनाएको छ।