अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पार्टी कुनै ढल होइन, राजनीति गर्ने कि मोजमस्ती ? एक रोज्नू: प्रधानमन्त्री ओली

एमाले पार्टी कुनै ढल होइन, राजनीति गर्ने कि मोजमस्ती ? एक रोज्नू: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीभित्र कतिपय नेता-कार्यकर्तामा चारित्रिक विचलन देखिएको भन्दै पार्टी छाड्न वा मोजमस्तीमा लाग्न दुईमध्ये एक विकल्प राेज्न सुझाव दिनुभएको छ।

हिजोदेखि सुरु भएको पोलिटब्यूरो कमिटीको बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अनुशासनहीन, नैतिकहीन र चरित्रहीन गतिविधि बढेको विषय उठेपछि यस्तो विकल्प दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो।

ओलीको भनाइ उदृृत गर्दै गौतमले भन्नुभयो, ‘एमाले यस्ता विषयमा प्रष्ट छ। अध्यक्षले प्रष्टसँग राजनीति गर्ने कि इन्जोय गर्ने ? एउटा विकल्प रोज्न भन्नुभएको छ। अनुशासनहीन र चरित्रहीन गतिविधिमा कसैलाई छुट छैन।’

गौतमका अनुसार अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी कुनै ढल नभएको बताउँदै चरित्रमा ध्यान दिन नेताहरुलाई निर्देशन दिनुभएको थियो। पार्टीमा सैद्धान्तिक र वैचारिक विषयमा कुनै समस्या नरहेपनि व्यवहारमा ध्यान दिनुपर्ने ओलीको आशय थियो। उहाँले पार्टीभित्र चरित्रहीन गतिविधि बढेको बारे भन्नुभयो, ‘एमाले पार्टी कुनै ढल होइन। कि राजनीति गर्नु कि मोजमस्ती।’

त्यस्तै, पार्टीले कुनै पनि प्रकारको भ्रष्टाचार नसहने स्पष्ट पारेको छ। भ्रष्टाचार नियन्त्रणमा निरन्तर लागिरहने उहाँले बताउनुभयो।

बैठकले विभिन्न १५ वटा समसामयिक प्रस्तावहरु पारित भएको उहाँले बताउनु भयो। जसमा शान्ति प्रक्रियालगायतका विषयमा रहेको उहाँले बताउनु भयो।