अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन


झापा-यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु.९३ करोड २१ लाख ६६ हजार ८१३ राजस्व सङ्कलन गरेको छ। कार्यालयले आव २०७९/८० को तुलनामा रु.५ करोड १४ लाख ७९ हजार ५६६ बढी राजस्व सङ्कलन गरेको हो।

यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा रु.८८ करोड ६ लाख ८७ हजार २४७ राजस्व सङ्कलन भएको थियो। गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार ९२० सवारी चालक अनुमतिपत्र वितरण भएको उहाँले बताउनुभयो। यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार ४४१ र रुट अनुमति पाँच सय ३४  दिएको थियो ।

गत आव २०८०/८१ मा सबैभन्दा धेरै सात हजार ६१५ मोटरसाइकल दर्ता हुँदा एक हजार सात सय पाँच इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार बस एक सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप एक सय ६०, कार दुई सय ७०, भ्यान एक सय ३६, पिकअप एकस २९, ट्र्याक्टर एक सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन् ।

दर्ता भएका जम्मा सवारीमध्ये एक हजार दुई सय ५७ सार्वजनिक, नौ हजार चार सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र एक हजार नौ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ। 

निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन ९आइतबारदेखि बुधबार० चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिनुभयो।