अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० महिनापछि औपचारिक रूपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध

१० महिनापछि औपचारिक रूपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध


काठमाडौँ-सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो। 

प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ। योसँगै अब सबै नेटवर्कमा पुनः चल्न थालेको छ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्न भन्दै पत्र पठाएको थियो। 

टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। १० महिनापछि टिकटक खुलाइएको छ।