अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्री हिक्मत कार्कीको आग्रह

गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्री हिक्मत कार्कीको आग्रह


मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले  राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गर्नुभएको छ।

मोरङ निर्माण व्यवसायी सङ्घको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले  निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो। उहाँले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुनेगरी नीतिनियम सच्च्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , ‘चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीमा आशा जगाएको छ।’ साथै उहाँले व्यवसायीलाई भुक्तानी दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

निर्माण व्यवसायी महासङ्का  अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरु गम्भीर आर्थिक समस्यामा परेका बताउनुभयो । उहाँले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माण व्यवसायी सङ्घका कारण २५ लाखले रोजगारी पाएका बताउनुभयो ।