अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जाजरकोटमा पहिरोले घर पुरिँदा वडासदस्यका दम्पती बेपत्ता

जाजरकोटमा पहिरोले घर पुरिँदा वडासदस्यका दम्पती बेपत्ता


जाजरकोट-जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका-६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिनुभएको छ।

गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा राससलाई जानकारी दिनुभयो। पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उहाँले बताउनुभयो।