अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदै

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदै


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा बोलाउनु भएको छ।

कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार डाकेको जनाएको छ। ‘भेटघाट भएपछि कोशीको बारेमा मात्रै कुरा हुँदैन। अरु अरु विषयमा पनि कुरा आइहाल्छ।’ बालुवाटार स्रोतले भन्यो। छलफलका लागि ४:३० बजेको समय तोकिएको छ।

कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। कांग्रेसको भागमा चार मन्त्री परेका छन्। पार्टीभित्रका समूहको भागवण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन सकेको छैन।

कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो।