काठमाडौं-प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ। यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो। सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले आकस्मिक समय माग गर्नुभयो । त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराउनु भयो।







प्रतिक्रिया