अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलाले ठूलो अन्योल र अराजकता उत्पन्न गर्‍यो: सांसद पन्त

सर्वोच्चको फैसलाले ठूलो अन्योल र अराजकता उत्पन्न गर्‍यो: सांसद पन्त


काठमाडौँ-नेकपा एमालेका सांसद रघुजी पन्तले उपत्यका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने भन्ने सर्वोच्चको फैसलामा सहमत हुन नसकिने बताउनु भएको छ। उहाँले सर्वोच्चको उक्त फैसलाले ठूलो अन्योल र अराजकता उत्पन्न गरेको पनि बताउनुभयो।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समय बोल्दै उहाँले यो निर्णयमाथि सरकार भ्याकेटमा तत्काल जानुपर्ने धारणा राखे। ‘भ्याकेटमा जान नेपाल सरकारले तत्काल पाइला चाल्नुपर्दछ‚’ उहाँले भन्नुभयो‚ ‘यो फैसला गर्दा बागमती संस्कृतिप्रति सम्माननीय सर्वोच्च अदालतको ध्यान गएको पाइँदैन।’

सांसद पन्तले उपत्यकाको मन्दिर र चिहान नदी किनारमा भएको भन्दै बागमती संस्कृति जोगाउने गरी सर्वोच्च अदालतले गर्ने फैसला मात्र स्वीकार गर्न सकिने बताउनुभयो।