अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार सर्वोच्चको फैसला पुनरवलोकनमा जानुपर्छः सांसद केसी

सरकार सर्वोच्चको फैसला पुनरवलोकनमा जानुपर्छः सांसद केसी

काठमाडौं-नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलामाथि तत्काल पुनरवलोकन गर्न सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले माग गर्नुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले पुनरवलोकन नगरिए काठमाडौँमा एउटा विद्रोहको हुने चेतावनी समेत दिनुभयो।

सांसद केसीले काठमाडौँको नदी किनारामा ३-४ आना जग्गामा घर बनाएर बसेका नागरिकलाई बिचल्ली बनाउने गरी सर्वोच्च अदालतले आदेश दिएकाले त्यसलाई रोक्नका लागि सरकारले पुनरवलोकनमा जाने निर्णय लिनु सकारात्मक रहेको पनि बताउनु भयो।