अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


काठमाडौँ-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेले बैठक यही भदौ २८ गते केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाएको हो।

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले  ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो।  बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनाको प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्तावमाथि पोलिटब्यूरोका सदस्यहरुले दिएको सुझाव दिएका थिए।

पोलिटब्यूरोका सदस्यहरुको सुझाव समेटेर कार्ययोजना तयार पार्नेगरी सचिवालय बैठक बोलाइएको हो।