सुर्खेत-नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको सही विचार र नीतिका कारण चौतर्फी घेराबन्दी हुँदा समेत एमाले जनताको रोजाईको पहिलो पार्टी बनेको बताउनुभएको छ।
आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको एमाले जिल्ला कमिटी सुर्खेतको दोस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै कँडेलले जनसमर्थन प्राप्त गर्न पार्टीको नीति र विचार प्रमुख हुने हुँदा पार्टीका नेता तथा कार्यकर्ता विचारका प्रचारक हुनुपर्ने धारणा राख्नुभयो।
सरकार सबे जनताको अभिभावक भएकोले एमालेले सरकार चलाउँदा कसैलाई विभेद गर्दैन भन्ने अवस्था निर्माण गरेर काम गरे पार्टीप्रति जनताको आकर्षण बढ्ने उहाँको भनाइ थियो ।
एमालेको नीति र नेतृत्वमा कुनै विवाद नभएको बताउँदै नेता कँडेलले स्थानीय रूपमा विवाद हुने कुनै पनि कार्य नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीको तल्लो तहको संरचना बलियो बनाउन स्थानीय वडा कमिटीसँग जोडिएर काम गर्न उहाँको निर्देशन थियो ।
प्रतिक्रिया