काठमाडौँ-सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ।
बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियारले पत्रमा हस्ताक्षर गर्न हुने/नहुने उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने बताउनु भयो । उहाँले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गर्नभयो ।
‘पत्र लेख्नु कति जायज थियो उहाँले बुझ्नु पर्ने थियो। उपसभामुख पद देशको प्रतिष्ठा जोडिएको छ। उपसभामुख पद देशको अभिभावक हो ‚’ उहाँले भन्नुभयो‚ ‘यसमा विवाद आउँदा यस्तो गरिमामय पदमा आउँदाखेरी मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । प्रतिष्ठासँग जोडिएको हुँदा गम्भीर भएर मार्ग प्रशस्त गर्न अनुरोध छ।’
प्रतिक्रिया