अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँची जीप दुर्घटना: एक जनाको मृत्यु, नौ जना घाइते (नामावलीसहित)

अर्घाखाँची जीप दुर्घटना: एक जनाको मृत्यु, नौ जना घाइते (नामावलीसहित)


अर्घाखाँची-अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ। बुधवार गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँची शितगंगा नगरपालिका-१२ हिले खोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा  ९ जना घाइते भएका छन्। 

छत्रदेव गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज ४७६३ नम्बरको जीप आज बिहान शितगंगा-१२ हिलेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

दुर्घटनामा छत्रदेव-५ टुनिचौरका ६५ वर्षका रामप्रसाद पन्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीत सिंह राठौरले बताउनु भयो।

दुर्घटना घाइते भएका नौ जनामध्ये छत्रदेव-५ का चुराबहादुर खत्री, सावित्रा विक र दीक्षा पौडेललाई थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ। अरू घाइतेहरू अनिता परियार र उहाँका २० महिनाका छोरासहित गीता आचार्य, कमला अधिकारी, अनुष्का र विष्णु थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यी हुन् घाइते
१. जीप चालक जि.अर्घाखाँची छत्रदेव गा.पा.५ बस्ने वर्ष  ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर। 
२. ऐ.ऐ.बस्ने वर्ष ४० की साबित्रा बि.क.को मुख र कुममा चोट।  अवस्था मध्यम, थप उपचारको लागी बुटवल रिफर ।
३. ऐ.ऐ.७ बस्ने वर्ष  २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम ।
४. ऐ.ऐ. बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको ।
५. ऐ.ऐ.८ बस्ने वर्ष  ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम ।
६. ऐ.ऐ. बस्ने पर्ष  १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम । थप उपचारको लागि बुटवल रिफर ।
७. ऐ.ऐ.६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट, अवस्था मध्यम ।
८. ऐ.ऐ.५ बस्ने वर्ष  ७ की अनुष्का पंथीको टाउकोमा चोट, अवस्था मध्यम ।
९. हालसम्म ठेगाना नखुलेको वर्ष  २६ की बिष्णु थापाको कान र खुट्टामा चोट, अवस्था मध्यम ।