अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु, अर्को बस पुलबाट खस्दा ११ घाइते

तनहुँमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु, अर्को बस पुलबाट खस्दा ११ घाइते


तनहुँ-पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका-२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।

प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका-८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ । यसैगरी बसको पछाडिपट्टि बि ४६५० नम्बरको कार ठोक्किएको थियो।

पुलबाट बस खस्दा ११ घाइते

दुर्घटनाग्रस्त बस दमौली (तनहुँ), २६ भदौ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित खहरे खोलामा बुधबार भएको बस दुर्घटना । मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना यात्रु घाइते भएका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित गाउँपालिकाको कार्यालय अगाडिको पुलबाट आज बस खस्दा ११ जना घाइते भएका छन् ।

मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् । वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको हो । घाइतेहरू सबैलाई आँबुखैरेनी अस्पताल पु¥याइएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यस ठाउँमा नयाँ र पुरानो दुई वटा पुल छन् । बीचमा ग्याप छ । बस चालक झुक्किएर ग्यापबाट बस खसेको देखिन्छ ।”