अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेपछि आफ्ना सांसदलाई उपत्यका नछोड्न कांग्रेसको निर्देशन

एमालेपछि आफ्ना सांसदलाई उपत्यका नछोड्न कांग्रेसको निर्देशन


काठमाडौं-सत्ता साझेदार नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई एक हप्ता काठमाडौं नछोड्न निर्देशन दिएको छ।

आज (बुधबार) कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई एक हप्ता काठमाडौं नछोड्न निर्देशनसहित सर्कुलर गर्नुभएको हो । एक हप्ता काठमाडौं नछोड्न र बाहिर भएको भए काठमाडौं आउन निर्देशनसहितको सन्देश आएको कांग्रेसका एक सांसदले सुनाउनु भयो।

यसअघि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले मंगलबार आफ्ना सांसदहरूलाई असोज ३ सम्म काठमाडौं नछाड्न निर्देशन दिएको थियो। एमालेले महत्वपूर्ण केही विधेयक पास गर्नुपर्ने र बर्खे अधिवेशनको अन्त्य हुने भएकाले काठमाडौं नछोड्न सांसदहरूलाई सन्देश पठाएको थियो। 

यसैबीच सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन्। एमाले, कांग्रेससहितका सत्तारुढ दलका सांसदहरूले संसद सचिवालयमा उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका छन्। त्यसका लागि एमाले-कांग्रेसका सांसदहरूको हस्ताक्षर अभियान सुरु गरिएको छ। यसअघि बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले उपसभामुख रानाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो।