काठमाडौं-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ। संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता र छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता चलिरहँदा कांग्रेस सभापति देउवा पनि बालुवाटार पुग्नुभएको हो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी चलेपछि सभापति देउवा पुग्नुभएको थियो।
‘नेताहरुबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ, के विषयमा छलफल भएको भन्ने जानकारी भएन’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भन्नुभयो, ‘समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीको आशन्न संयुक्त राष्ट्रसंघमा सहभागी हुने लगायत विषय हुनसक्छ।’
सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ।








प्रतिक्रिया