अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा भदौ ३१ गते संसद्‍मा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीद्वारा भदौ ३१ गते संसद्‍मा सम्बोधन गर्नुहुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद्लाई सम्बोधन गर्न लाग्नुभएको हो।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जानुअघि त्यसबारे जानकारी दिन संसद्लाई सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिनुभयो।

राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।