अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कावासोतीमा जिल्ला हुलाक कार्यालय स्थापना

कावासोतीमा जिल्ला हुलाक कार्यालय स्थापना


कावासोती-नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ। संघीय शासन व्यवस्था शुरु भएको ७ वर्षपछि जिल्ला हुलाक कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व) कावासोतीमा स्थापना भएको हो।

अगुवा पत्रकारहरुले जिल्लामा हुलाक कार्यालय स्थापना नहुदा एफ.एम रेडियोको नविकरण, रोल्यटीको रकम बुझाउन तथा पत्रपत्रिकाको काम गर्न अर्को जिल्ला जानुपर्ने भन्दै सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई जिल्ला हुलाक कार्यालय स्थापना गर्न आग्रह गरेकोमा त्यसले पूर्णता पाएको अग्रज पत्रकार विद्रोही गिरीले बताउनुभयो।

पिथौली हुलाक कार्यालयलाई नै जिल्ला हुलाक कार्यालयको रुपान्तरण गरि भदौ तेस्रो साता देखि कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय कावासोतीमा निमित्त प्रमुख केश बहादुर खण्डलुले जानकारी दिनुभयो।

जिल्ला हुलाक कार्यालय परासीबाट भदौ १७ गते सरुवा भई आएका निमित्त प्रमुख खण्डलुले जिल्ला हुलाकको स्थापना संगैं पालिका स्तरका हुलाक कार्यालयहरु ब्यवस्थापनमा जुटेको बताउनुभयो।

३० वटा अतिरक्ति हुलाक कार्यालय र केही इलाका हुलाक कार्यालयहरु रहेको नवलपुरमा अव भने पालिका स्तरमा एक जना खरिदारको नेतृत्वमा ४ कर्मचारी सहितका हुलाक कार्यालयहरु रहेछन्। अतिरिक्त हुलाक कार्यालयहरु भने त्यहाँ रहेका कर्मचारीहरु अवकाश सँग बन्द हुने भएका छन्।

जिल्लामा एक शाखा अधिकृत सहित २६ जना कर्मचारीहरु रहेछन्। बुलिङटार, बौदीकाली, गैंडाकोट, देवचुली, मध्यबिन्दु नगरपालिकामा पालिका स्तरका हुलाक कार्यालय सञ्चालनमा समस्या नरहेपनि हुप्सेकोट र विनयी त्रिबेणीमा भने पालिका संगको समन्वयमा पालिका स्तरका हुलाक कार्यालयहरु स्थापना हुने निमित्त प्रमुख खण्डलुले बताउनुभयो ।कार्यालयको ब्यवस्थापन संगै उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ अहिलेलाई भने पिथौली हुलाकबाटै जिल्ला हुलाक कार्यालयको सेवा दिने काम थालेका छौं उहाँले भन्नुभयो।