अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकै पटक १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन (सूचीसहित)

एकै पटक १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन (सूचीसहित)


 काठमाडौं-सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो।

१२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ। मन्त्रालय स्रोतका अनुसार पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् ।

रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेको ६ महानगरपालिकामा नै पदपूर्ति रहेको छ भने सहसचिवकै दरबन्दी रहेको ११ उपमहानगरपालिका मध्ये एउटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ।

यस्तै, २७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १४६ नगरपालिकामा पदपूर्ति भइसकको छ भने १३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ।

यसरी हेर्दा ७५३ स्थानीय तहमध्ये १५४ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । ति स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।

हेर्नुहोस् प्रमुख प्रशासकीय अधिकृत पदस्थापनको सूची :