विराटनगर-काेशी प्रदेशमा नेपाली कांग्रेस सहभागी भएपछि पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ। मुख्यमन्त्री हिक्मतबहादुर कार्की नेतृत्वको सरकारमा सहभागी भएपछि तीन मन्त्री र एक राज्यमन्त्रीले आज बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको थियो।
शपथलगत्तै, मन्त्रिपरिषद् बैठक बसेको छ।
कांग्रेस कोशीका महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोसी सरकारमा सहभागी भएको हो।
भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो।
यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसकेका छन् ।








प्रतिक्रिया