अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी


काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय च्यासल ललितपुरमा बसिरहेको छ। बैठक दिउँसो ३ बजेबाट सुरु भएको हो।

आज दिउसो १ बजेका लागि डाकिएको बैठक ३ बजे मात्र सुरू भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।

अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने तयारी गरेको छ भने समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ जनाएको छ। यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले महासचिव शंकर पोखरेलले पेश गर्नुभएको ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।