काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको बताउनु भएको छ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि महासचिव पोखरेलले उपसभामुख हटाउने भनेर बाहिर आएका चर्चाजस्तै कुनै निष्कर्षमा पुगिनसकेको बताउनु भयो।
महासचिव पोखरेलले भन्नुभयो, ‘जसरी बाहिर आएको छ। त्यसरी के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौँ। यो संसद्को मामिलाको कुरा हो। संसद्लाई कसरी मर्यादित बनाउने भन्ने काममा संसदीय दल र पार्टीले गर्ने कुरामा पार्टीको पूर्ण समर्थन रहन्छ।’
उपसभामुख रानाबारे उठेका प्रश्नमा उनको पार्टी रास्वपाले पनि प्रष्ट पार्नुपर्ने निर्णय आफ्नो पार्टीको भएको महासचिव पोखरेलले बताउनु भयो।
‘उहाँमाथि उयठेका प्रश्नको बारेमा उहाँ आफैँ र पार्टीले स्पष्ट पार्नुपर्छ। उहाँका विषयमा जे आएका छन्, यदी त्यो सत्य हो भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्ट नै देखिएको छ,’ महासचिव पोखरेलले भने।
प्रतिक्रिया