बिर्तामोड-झापाको बिर्तामोडमा छुरा प्रहारबाट एकजना युवतीको मृत्यु भएको छ।
छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो।
उनी इलामको सूर्याेदय नगरपालिका-१० फिक्कल घर भई हाल बिर्तामोड नगरपालिका-५ पाथीभरा टोलमा डेरा गरी बस्दै आएकी थिइन् । लोहारमाथि कैलाली गौरीगंगा नगरपालिका-३ निवासी २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो।
छुरा प्रहार गरी भागेका युवालाई अर्जुनधारा–६ बाट बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया