अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख, प्रमुख सचेतक र सचेतकहरूको बैठक सुरु

सभामुख, प्रमुख सचेतक र सचेतकहरूको बैठक सुरु


काठमाडौं-सभामुख देवराज घिमिरेले बोलाउनु भएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक सुरू भएको छ।

सभामुख घिमिरेले संसद्को गतिरोध हटाउन बैठक बोलाउनु भएको हो। सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरुसँग सभामुख घिमिरेले छलफल सुरू गर्नुभएको छ । ‘हिंसा’ शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गर्नु भएको थियो । निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले गत बुधबारको संसद अवरोध गर्नु भएको थियो । माओवादी केन्द्रले, ‘हिंसा; शब्द बारे सभामुखले गरेको निर्णय फिर्ता नलिएसम्म संसदको अवरोध जारी रहने निर्णय गरेको छ।