काठमाडौँ-प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै भोलि (सोमबार) दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ।
संघीय संसद सचिवालयका अनुसार बैठक सोमबार दिउँसो १ बजे बस्न जनाएको छ। यसअघि आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सहमति नजुटेकै कारण सवा ३ बजेसम्मका लागि स्थगित भएको थियो । यो बीचमा पनि सहमति जुटन नसकेपछि बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द बारे आपत्ति जनाउँदै आएको छ। ‘हिंसा’ शब्दलाई लिएर माओवादी केन्द्रले आपत्ति जनाउँदै सदन अवरोध गरेको थियो । सोही विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको थियो । तर‚ बैठकमा पनि सहमति जुट्न सकेन।
प्रतिक्रिया