अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-काठमाडौं कांग्रेस सम्पर्क समितिको सभापतिमा राम वाग्ले

उदयपुर-काठमाडौं कांग्रेस सम्पर्क समितिको सभापतिमा राम वाग्ले


काठमाडौं-नेपाली कांग्रेस उदयपुर-काठमाडौं सम्पर्क समितिले नयाँ कार्यसमिति चयन गरेको छ। समितिको २०८१ भदौ २९ गते शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नयाँ कार्यसमिति चयन गरेको हो।

कांग्रेस उदयपुर-काठमाडौं सम्पर्क समितिको सभापतिमा रामबहादुर वाग्ले निर्वाचित हुनुभएको छ। त्यस्तै उपसभापतिमा गणेश कार्की र निर्मला ब्लोन चयन हुनुभएको छ।

यसैगरी सचिवमा टुनु काजी पौडेल, सहसचिवमा पुष्पराज खड्का, रामजी भट्टराई, प्रेम बहादुर मगर र केशर कार्की साथै कोषाध्यमा नारायण बहादुर राना मगर चयन हुनुभएको छ।

यसैगरी महिला तर्फ सानुकला थापा, आदिवासी तर्फ जनजाति चन्द्र तामाङ, भोलानाथ चौधरी र सुरज कुमार दनुवार चयन सदस्यमा हुनुभएको छ। त्यसैगरी कविता बस्नेत, गोविन्द दाहाल, दानबहादुर मगर, निरज कटुवाल, प्रकाश चौधरी, बुद्धि कट्टेल, मोहन कुमार राउत, रमेश राउत, सबिन बस्नेत, सन्तोष श्रेष्ठ, सुमन तामाङ, सन्जिब खत्री, हरि बहादुर खड्का, होम लाल गिरी र युवराज कार्की सदस्यमा निर्वाचित हुनुभएको छ।

उक्त कार्यक्रमको सभापतित्य नेपाली कांग्रेस उदयपुर-काठमाडौं सम्पर्क समितिका सभापति भक्तबहादुर राना मगर हुनुहुन्थ्यो। प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का  हुनुहुन्थ्यो।

कांग्रेस उदयपुर-काठमाडौं सम्पर्क समितिको निर्वमान सभापति भक्तबहादुर मगरले अधिवेशनबाट चयन हुनुभएका सभापति राम वाग्ले लगायत निर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ।  साथै उहाँले अधिवेशनलाई भब्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्नुहुने  सबैलाई धन्यवाद पनि दिनुभएको छ।

उहाँले धन्यवाद दिनुहुँदै भन्नुभएको छ, ‘नेपाली कांग्रेस उदयपुर-काठमाडौं सम्पर्क समितिको हिजो भएको अधिवेशनबाट सभापतिमा राम वाग्ले लगायत निर्वाचित सम्पूर्ण कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ। साथै यस अधिवेशनलाई भब्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्नुहुने  प्रनुख  अथिति कांग्रेस केन्द्रीय सदस्य, पूर्व  मन्त्री डा. नारायाण  खड्काज्यू, जिल्लाका नेताहरू, अन्य जिल्लाका सम्पर्क समितिका र  मेरो साथमा रहेर  काम गर्नुहुने  कार्यसमिति, क्षेय्रीय कमिटीका सहकर्मी साथीहरु लगायत उपस्थित सम्पूर्ण उदयपुरबाट काठमाडौं आई विभिन्न पेशा, व्यवसाय, अध्ययन गरी बस्नु हुने महानुभावहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। जयनेपाल !’