अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय


काठमाडौं-सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन १६ गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो। 

निर्वाचन आयोगले आइतबार मात्रै सरकारलाई आगामी मंसिर १६ गते उपनिर्वाचन गर्नका लागि सुझाव दिएको थियो। उक्त सुझाव अनुसार नै सरकारले निर्णय गरेको हो। निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ।

काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ। दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त रहेको छ।

रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ। पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।