अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनामनगरमा चालकसहित ट्याक्सी बाढीले बगायो, चालकको उद्धार

अनामनगरमा चालकसहित ट्याक्सी बाढीले बगायो, चालकको उद्धार


काठमाडौं-आइतबार बेलुका परेको भारी वर्षाले काठमाडौंको अनामनगरस्थित धोबी खोलाले चालकसहित ट्याक्सी बगाएको छ।

धोबिखोलामा खसेको ट्याक्सी चालकलाई प्रहरीले उद्धार गरेको छ। ट्याक्सीभित्र चालकमात्रै थिए। मदन भण्डारी कलेज छेउबाट बगाएको उक्त ट्याक्सीका चालक चितवनको कालिका नगरपालिका-७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिए।

ललितपुरका एकान्तकुना बस्ने उनी ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । धोबिखोलाले बा.२ ज १७९२ नम्बरको ट्याक्सी केही मिटर बगाएको छ। चालकको अवस्था सामान्य छ।