अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुँदै

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुँदै


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ। सोमबार दिउँसोबाट सुरु हुने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) को कार्यव्यवस्था परामर्श समितिको बैठकले आज संसद् चल्न दिने भएपछि प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो। यसअघि आइतबार माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण संसद् बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो।

त्यस्तै, आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने छ।

यसैगरी, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्री ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने छ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९/०८०’ पेस गर्नुहुने छ।