अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीद्वारा असोज २ गते विश्वासको मत लिनुहुँदै

कोशीका मुख्यमन्त्री कार्कीद्वारा असोज २ गते विश्वासको मत लिनुहुँदै


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८१ असोज २ गते विश्वासको मत लिनु हुने भएको छ।

नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको थियो।

सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ। संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुन भएका कार्कीले दोश्रो पटक लिन लागेको विश्वासको मत लिन लाग्नु भएको हो। ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन्। कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिनु भएको थियो।