अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपसभामुखलाई हटाउने सम्बन्धमा कुनै छलफल भएको छैन: प्रधानमन्त्री ओली

उपसभामुखलाई हटाउने सम्बन्धमा कुनै छलफल भएको छैन: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जानकारी दिनु भएको हो।

उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे निकै चर्चा चलेको थियो । सोही विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आपत्ति जनाएको थियो। सोहीबारे संसद्लाई जानकारी दिँदै उहाँले अनावश्यक कुरा नउचाल्न आग्रह गर्नुभयो।

प्रधानमन्त्री ओली भन्नुभयो, ‘प्रस्तावै नगरको विषयमा कसरी छलफल भयो ? संसदमा छलफल गरेको विषयमा पनि होइन । कसैले कुरा गरेको भनेको विषयमा उत्पातै मच्चाए । संसदमा के भएछ भनेर सोध्न पनि नहुने ? जातियता, लिंग वर्गको कुरा उछालेका छन्। यस्ता अनावश्यक कुरा नउचाल्न म माननीयजूलाई आग्रह गर्दछु।’