अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानले सशस्त्र द्वन्द्वलाई चिन्छ ‘जनयुद्ध’ चिन्दैन: भगवती न्यौपाने

संविधानले सशस्त्र द्वन्द्वलाई चिन्छ ‘जनयुद्ध’ चिन्दैन: भगवती न्यौपाने


काठमाडौं-नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताउनु भएको छ।

आज राष्ट्रिय सभामा बोल्दै उहाँले संविधानले जनयुद्ध नचिन्ने बताउनु भएको हो। उहाँले जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताउनु भयो।

उहाँले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताउनुभयो। उहाँले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्ने कुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राखन्नुभयो।

‘हिजोआज जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको पायौँ । हामीले संविधानले के चिन्छ, त्यही कुरा बोल्ने र गर्ने हो। संविधानले जनयुद्ध भनेर चिन्दैन। संविधानले चिनेको भनेको सशस्त्र द्वन्द्व हो। सशस्त्र द्वन्द्व नै भनेर हामीले बुझौँ। पार्टीका कार्यक्रममा, दस्ताबेजमा के लेख्छौँ, त्यो अलग कुरा हो। तर, हामीले चिनेको संविधान हो। संविधानमा सशस्त्र युद्ध भनिएको छ। त्यसैले हामीले संविधानले चिनेको शब्द नै प्रयोग गरौँ। त्यसमा धेरै रस्साकस्सी गर्नुपर्ने जरुरी छ जस्तो लाग्दैन।’